file photo

मानबी बानीयाँ,हेटौंडा । साउन ७ गते चार महिना लामो लकडाउन अन्त्य भयो । देशको आर्थिक अवस्था डामाडोल हुनु र सर्वसाधारणलाई दैनिक गुजरा चलाउन पनि समस्या भएपछि सरकारले लकडाउन हटाउनुको अरु विकल्प भेटेन । तर, लकडाउन अन्त्य भए पनि कोरोनाको जोखिम कम भएको छैन । संक्रमितको संख्या बढेको बढ्यै छ । अब नागरिक आफैंले विशेष सावधानी अपनाउनु पर्ने हुन्छ ।

लकडाउनको समयमा बन्द रहेका नेपालको अर्थतन्त्रका खम्बा मानिने विभिन्न क्षेत्र खुलिसकेका छन् । सार्वजनिक यातायातदेखि हवाई उडानसम्म सञ्चालनका लागि अनुमति दिइएको छ । तर, हजारौंको संख्यामा आश्रित फिल्म क्षेत्र पुनः सञ्चालनका लागि सरकारले अहिलेसम्म कुनै निर्णय लिएको छैन । लकडाउनको अन्त्य हुँदा पनि यो क्षेत्रमा प्रतिबन्ध कायमै राखिएको छ ।

सिनेमा हल बन्द हुँदा अहिले मकवानपुरका हल सञ्चालकको करोडौंको लगानी जोखिममा परेको छ । । चैत्र १० गतेसम्म हलमा हिन्दी फिल्म बाघी थ्रि र नेपाली फिल्म अंग्रेजी चलिरहेको थियो । प्रदर्शनको तयारीमा रहेका रोकिँदा हल सञ्चालकहरुलाई ठुलो क्षति भएको छ त्यस्तै, कोरोनाका कारण हलमा कार्यरत सयौं कर्मचारीको रोजीरोटी गुमेको छ ।

हेटौंडा ४ नारायणी मलमा रहेको एनएस सिनेमा हल यति खेर सुनासन अवस्थामै रहेको छ । उत्कृष्ट फिल्म भएको बेला दुई हजार र अरु सामान्य फिल्म चलेको बेला दुई सयसम्मका दर्शकहरुको हलमा उपस्थिती रहन्थ्यो । हलका सञ्चालक नवराज आचार्य भन्छन्, सरकारको निर्णयलाई पर्खि राखेका छौ हामीले अहिले केहि भन्ने अवस्था छैन् । लकडाउन अघि महिनामा चारदेखि पाँच लाखसम्म कमाई राखेको हल अहिले ठप्प हुँदा आफुहरु मारमा परेको आचार्यले दुखासो गरे । हलमा १२ जना कर्मचारी कार्यरत छन् जसमा अहिले ६ जना कर्मचारीले मात्रै काममा लगाईएको छ त्यो पनि हल बाहेकको कामममा संलग्न गरेर, अहिलेको लागि केहि कर्मचारीहरु कटौति गरेको आर्चायले जानकारी गराए ।

यता, मकवानपुरे दर्शकको पुरानो हल ओम्याक्स (ओम ) हल २०७५ साल साउनमा आगोलागि भएको थियो । २०७६ वैशाखमा पुन नयाँ प्रविधि तथा नयाँ टेक्नोलोजीको साथ हल सञ्चालनमा आएको थियो । आगोलागीबाट तीन करोड नोक्सान भएको थियो भने नयाँ प्रविधि सहित ल्याउँदा तीन करोडकै लगानिमा पुन सञ्चालनमा आएको सञ्चालक नरेन्द्र महर्जनले जानकारी गराए । दुई वर्ष जतिमा नोक्सान भएको रकम उठाउने लक्ष्य राखेका थियौं तर कोरोना संक्रमणले झन अपठ्यारो पारेको श्रेष्ठले प्रतिक्रीया दिए । भाद्र २ गते मन्त्रीपरिषद्ले यसको विषयमा केहि निर्णय गर्छ भन्ने आश गरेका छौ, के निर्णय आँउछ हेरौं, खोल्ने निर्णय भए भाद्र १५ गतेदेखि सञ्चालन हुुने उनको भनाई छ । अहिलेसम्म हामीले हलका कर्मचारीलाई फिर्ता पठाएका छैनौ, जसोतसो चलाईराखेका छौ ।

हल सञ्चालक आचार्य भन्छन्, सरकारले वैंक ऋणमा सहुलियत गर्दिए राम्रो हुने थियो, हामीलाई अहिले नोक्साननै नोक्सान रहेको आचार्यले ग्ुनासो गरे । कोरोनाको कहरबीच सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष ०७७÷०७८ को बजेटमा फिल्म क्षेत्रका समस्या सम्बोधन हुन सकेन । यो क्षेत्र कोरोनाबाट अति प्रभावित क्षेत्रको सूचीमा पनि परेन । तर यस क्षेत्रका निर्देशक, कलाकार तथा हल सञ्चालकको पिडा भने दिनप्रतिदिन बढ्दो रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।