बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी बहिनी श्वेता सिंह कीर्तिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो दाइको न्यायका लागि हारगुहार गरेकी छन् ।  श्वेताले प्रधानमन्त्री मोदीलाई ट्याग गर्दै यसका लागि ट्विटमार्फत आग्रह गरेकी हुन् ।

श्वेताले #JusticeForSushant र #SatyamevaJayate ह्यासट्यागका साथ प्रधानमन्त्री मोदीलाई ट्याग गरिएको ट्विटमा भनिएको छ, ‘म सुशान्त सिंह राजपुतकी बहिनी हुँ र म हजुरको मेरो दाइसम्बन्धी घटनाप्रति तुरुन्त ध्यान दिन हुन अपिल गर्छु । मलाई भारतको न्याय व्यवस्थाप्रति विश्वास छ र कुनै पनि हालतमा न्याय प्राप्त हुनेमा आशावादी छु । उनले अगाडि लेखेकी छन्, ‘डियर सर, मेरो मनले भन्छ कि तपाईं सत्यलाई साथ दिनुहुन्छ । म एकदमै साधारण परिवारको मानिस हुँ । मेरा दाइ जतिबेला बलिउडनमा हुनुहुन्थ्यो, उहाँको कोही गडफादर थिएन र अहिले पनि छैन । म हजुरसँग अपिल गर्न चाहन्छु कि हजुरले यस मामिला (सुशान्तको आत्महत्या) मा तुरुन्त ध्यान दिनुहुनेछ । हजुरले यो घटनाको सत्यतथ्य बाहिर आउने गरी निष्पक्ष छानबिनको सुनिश्चित गर्नुहुनेछ भन्ने लागेको छ । मलाई सत्यको जित हुनेमा विश्वास छ ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।