हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरबाट आर्थिक वर्ष २०७६/७७ मा ३ हजार ५ सय २४ जनाले राहदानी लिएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ कार्यालय बाट साधारण तर्फ ४ हजार ३ सय ७४ र द्रुत सिफारिस तर्फ २ हजार ९ सय ५१ जनाले राहदानीको लागि आवेदन दिएका थिए ।

आवेदन दिएकाहरु मध्ये ३ हजार ५ सय २४ जनाले राहदानी लिईसकेको छन् भने ८ सय ५० जनाको राहदानी वितरण गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यलय मकवानपुले जनाएको छ । लकडाउनको कारण २०७६/७७ मा राहदानी बनाउनेको संख्या घटेको जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ ।

यसैगरि मकवानपुरमा पछिल्लो समय राहदानी बनाउनेको संख्या घट्दो दरमा रहेको छ । राहदानी सिफारिस भएको वार्षिक तंथ्याङक अनुसार जिल्लामा राहदानी सिफारिस लिनेको संख्या घटेको हो ।

राहदानीको लागि आर्थिक वर्ष २०७२/७३ मा साधारण तर्फ ८ हजार ३ सय ९६ जनाको र द्रुत तर्फ ८ हजार ३ सय ५४ जनाको सिफारिस भएको थियो ।

यस्तै क्रमश २०७३/७४,२०७४/७५ र २०७५/७६ मा साधारण तर्फ ५ हजार ६ सय ४३ जना र द्रुत तर्फ ५ हजार ७ सय १ जना सिफारिस भएका थिए ।

यसगरि २०७४ मा साधारण तर्फ ५ हजार ६ सय ८६ र द्रुत तर्फ ४ हजार ६३ जनाको सिफारिस भएको थियो भने २०७५/२०७६ मा साधारण तर्फ ५ हजार ९ सय ७२ र द्रुत तर्फ ५ हजार ९८ जनाको सिफारिस भएको थियो ।

राहदानी बनाउन आउने सबै विदेश नै जाने नभएको जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ । विभिन्न युवालाई बैदेशिक शिक्षा तथा श्रमका लागि विदेश जानका लागि राहदानी सिफारिस गरिएको कार्यलयले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।