पर्सा । पर्सामा एक जना महिलाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी वीरगञ्ज महानगरपालिका १६ की ५० वर्षीया महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

उनको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो । उनको मृत्यु हुनुभन्दा पहिले नै स्वाब संकलन गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।