नेपालमा थप ३१५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप  ३१५  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २० हजार ८६  पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये १४ हजार ४९२ जना निको भएर घर फर्किएका छन्।   प्रवक्ता डा. गौतमका अनुसार शनिबारमात्रै ९३ जना निको भएर अस्पतालबाट घर फर्किएका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।