चिनियाँ कम्पनिको चर्चित भिडियो सेयरिंग एप एकअप्ची अर्को विवादमा पर्दै गएपछि अब अमेरिकी घेराबन्दीमा परेको देखिएको छ ।

विश्वकै ठुलो बजार भारतले टिक टकमाथि प्रतिबन्ध लगाएपछि अब अमेरिका जापानसहितका देशले टिक टकलाई प्रतिबन्धमा लगाउने बारे विचार गरिरहेका छन् ।

यसैबीच अमेरिकाले टिकटक अमेरिकी कम्पनिलाई बेच्न दबाब दिएको मिडिया रिपोर्ट आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिक टक निर्माण गरेको चिनियाँ कम्पनि बाइटडान्सलाई टिक टकको अमेरिकी अप्रेसन बिक्रि गर्न एक अर्डर साइन गर्नसक्ने सिएनएनले उल्लेख गरेको छ । अमेरिकाले सुरक्षाको कारण देखाउदै टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै राष्ट्रपति ट्रम्पमाथि दबाब बनाउदै आएका छन् ।

चारैतिरबाट दबाब बढेपछि टिकटक निर्माण कम्पनि बाइटडान्सले आफ्नो मेजरिटी सेयर बिक्रि गर्ने बारे छलफल शुरु गरको छ ।

मिडिया रिपोर्टका अनुसार माइक्रोसफ्टले टिकटकको सेयर किन्न छलफल थालेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । माइक्रोसफ्टले आधिकारिक रुपमा यसबारेमा टिप्पणी नगरेपनि टिकटकलाई किन्न माइक्रोसफ्ट अगाडी बढेको अमेरिकी मिडियाले उल्लेख गरेका छन् ।

अमेरिकासहितका देशले टिकटक प्रयोगकर्ताका डाटा सुरक्षित नभएको आरोप लगाउदै चीनले प्रयोगकर्ताको सूचना लागिरहेको आरोप लगाइरहेका छन् । तर टिक टकले भने आफ्नो सर्भर अमेरिकामै रहेको र सिंगापुरमा ब्याकअप सर्भर रहेको बताउदै आएको छ ।

चीन सरकारसँग टिक टकको डाटामा पहुँच नभएको दाबी गर्दै टिक टकले अन्तर्राष्ट्रिय रुपमा विश्वास दिलाउन हङकङमा नयाँ साइबर सुरक्षा कानुन लागु हुनासाथ अघिल्लो महिना आफ्नो अप्रेशन बन्द गर्ने निर्णय गरेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।