हेटौँडा/मकवानपुरको हेटौँडा उपमहानगरपालिका भएर पुर्वी मकवानपुरको बकैया तथा बागमतीदेखि सिन्धुलीसम्म यात्रा गर्न तपाई हेटौँडा वडा नंबर २ संगमचोकमा रहेको बसपार्क पुग्नुपर्ने हुन्छ ।

बसपार्कको गेटबाट भित्र छिरेपछि त्यहाको अवस्था देख्दा तपाई जो कोहिलाई पनि बैराग लाग्न सक्छ । निकै ब्यस्त बसपार्कको रुपमा रहेको उक्त बसपार्क क्षेत्रमा हिलो र फोहोरको कारण यात्रुहरुलाई निकै समस्या परेको छ । यात्रा गर्नको लागि बसपार्क पुगेकाहरु हिलाम्य भएर बसभित्र प्रवेश गर्नुपर्ने अवस्था रहेको छ ।

कोरोना महामारी बीच संचालन सिमित बसहरु पनि हिलो र फोहोर विच नै संचालन भइरहेका छन् । त्यहा सञ्चालन रहेका होटलहरु तथा ब्यवसायहरु पनि हिला र फोहोर बिचमा नै सञ्चालनमा रहेका छन् ।

सफा नगरीको उपमा पाएको हेटौँडाको यस क्षेत्रले समग्र नगरको नै बेईजत गर्दा समेन सम्बन्धित निकाय मौन छ । सामान्य अबस्थामा दैनिक २ दर्जन बढी यात्रुबाहक बसहरु सञ्चालन हुने उक्त बसपार्कमा अहिले पनि त्यति नै मात्रामा संचालन भएका छन् । उत्त बसपार्क ब्यवस्थापनको लागि सम्बन्धित यातायात ब्यवसायी संघ संगठनहरुले पनि चासो दिएका छैनन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।