नेपाली बजारका पहेंलो धातु  सुनको मूल्यले शुक्रवार पनि नयाँ उचाई कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा बिहीवारको तुलनामा रू. ३०० ले वृद्धि भएको छ । महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रू.९९ हजार ३०० मा कारोबार भइरहेको छ । यसैगरी  तेजावी सुनको मूल्य पनि प्रतितोला रू.९८ हजार ८६५  मा कारोबार भइरहेको छ ।

शुक्रवारको सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । विगत एक सातादेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ ।

उता चाँदीको मूल्य भने प्रतितोला रू.२५ घटेर रू.१ हजार २०० मा कारोबार भइरहेको छ ।गत बिहीवार छापावाल सुनको मूल्य प्रतितोला रू.९९ हजार रहेको थियो  भने तेजावी सुनको मूल्य प्रतितोला रू.९८ हजार ५६० रहेको थियो ।

सुनको मूल्यमा निरन्तर भइरहेको वृद्धि कहिले गएर स्थिर हुन्छ भन्ने यकिन नभएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् । नेपाली बजारमा सुनचाँदीको मूल्य पूर्णतया अन्तरराष्ट्रिय बजारमा निर्भर हुने भएकाले सोही अनुसार मूल्य निर्धारण हुने गरेको उनीहरु बताउँछन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।