एजेन्सी । क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई सिरी ए उपाधि जिताएपछि महंगो तथा विलासी याटमा परिवारसँग मोजमस्ती गरेका छन् ।  यी ३५ वर्षीय खेलाडीले आफ्नो करीयरको सातौं लीग उपाधि हासिल गरेका हुन् । आइतवार साम्पादोरियाविरुद्धको खेल युभेन्टसले जितेपछि उपाधि हात पारेको हो । त्यसमा रोनाल्डोले पहिलो गोल गरेका थिए ।

लगातार दुई सीजन रोनाल्डोले युभेन्टसलाई उपाधि दिलाएका हुन् । त्यसपछि उनी खुशी भएर मोजमस्तीमा लागेका हुन् ।  उनको विलासी याट जहाजमा पाँचवटा क्याबिन, ६ वटा बाथरूम, विशाल लाउन्ज र भान्सा समेत छ ।
उनकी प्रेमिका जर्जिना रोड्रिगेजले मस्ती गरिरहेको तस्वीर सार्वजनिक गरेकी हुन् ।  उनका चार सन्तान पनि विलासी जहाजमा थिए ।  रोनाल्डो परिवारले ग्रीष्मको बिदा यही जहाजमा बिताउने बताइएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।