sandip bista

हेटौंडा / हेटौंडेली ¥यापर गायक मिस्टर डि को नयाँ गीत विहीबार सार्वजानिक गरिएको छ । बन्दै छ नेपाल २ को ‘कल्ले भन्यो तँलाई’ भन्ने गीत सार्वजानिक भएको हो ।

सुमन तामाङको संगीत संयोजनमा तयार पारिएको गीतमा वि टु डीको नृत्य रहेको छ । उक्त नृत्यलाई रवि पटेल, विक्की पटेल र विवेक थापाले कोरियोग्राफी गरेका छन्, ।

आफ्नै लेखन तथा आवाजमा रहेको गीतको भिडियोलाई अनिल कटुवालले खिचेका हुन्, भने छायाँकनमा सहयोगी द क्लिकर्स हेटौंडा र सौरव तामाङ रहेका छन्, ।

उक्त गीतको भिडियोलाई सुरज दाहालले निर्देशन गरेका छन्, । उक्त भिडियोलाई अनिल कटुवालले सम्पादन गरेका छन्, ।

¥यापर मिस्टर डिको जन्मदिनको अवसर पारेर विहीबार गायक डिको अफिसियल युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको हो । गीत काठमाडौं, हेटौंडा र पोखरामा छायाँकन गरिएको छ ।

देशमा भएका विभिन्न घटनाहरु माथि भएका राजनितिक आरोह अवरोहहरुलाई समेटि तयार पारिएको गीतमा निर्मला हत्या काण्ड देखि ७० करोड भ्रष्टचारलाई समेतका कुरालाई उठाइएको छ । ¥यापर डिले आफ्नो गीत मार्फत देशका कलाकार माथि भएका प्रहरी हस्तक्षेप र मानव अधिकारको विषयलाई पनि उठान गरेका छन्, ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।