अभिवादनका अनेकन् तरिका छन्। नमस्कार, ह्यान्डसेक (हात मिलाउनु), चुम्बन वा अँगालो हाल्नु। इतिहासका पन्नामा यस्ता व्यवहारले मैत्रीभाव जनाउँछन्, व्यापारको टुंगो लागेको बताउँछन् अथवा धार्मिक भक्तिका कुरा पनि देखाउँछन्।

यतिबेला कोरोनाभाइरस (कोभिड १९) का कारण हात मिलाउने, चुम्बन गर्ने या अँगालो हाल्नेजस्ता व्यवहारमा रोक लागिरहेको छ। फ्रान्सले त गालामा चुम्बन गर्ने प्रख्यात अभिवादनलाई रोक नै लगाएको छ। मजाकमा कतिले हातको साटो गोडा मिलाइरहेका छन्, अभिवादनका रुपमा आँखा झिम्क्याइरहेका छन्। इतिहास कोरल्ने हो भने यस्ता अभिवादन शुरु भएको हजारौँ वर्ष भइसकेको छ। हात मिलाउने र अँगालो हाल्ने अभिवादन चाहिँ वर्षौंदेखि अडिएकै अडिएको छ।

आखिर हात मिलाउने कुरा कसरी शुरु भयो होला रु इतिहासकारहरु भन्छन्, ‘अरु धेरै कुरामा परिवर्तन आयो तर हात मिलाउने कुरा वर्षौंदेखि स्थिर छ। त्यसमा कुनै परिवर्तन आएको छैन।’

हात मिलाउने व्यवहारले यति लामो समयसम्म कसरी ठाउँ बनाउन सफल भयो त रु यसका पक्षमा एउटा लोकप्रिय सिद्धान्त छ, यो एउटा शान्तिको प्रतीक वा व्यवहार भएकाले लामो समयसम्म यसले ठाउँ बनाउन सफल भयो। हात समाउने र अँगालो हाल्ने व्यवहारमा खोकिला र ढाडमा कुनै हतियार बोकेर ल्याइएको छ कि छैन भन्ने जाँच गर्ने माध्यम पनि भएकाले यो व्यवहार लोकप्रिय हुने अवसर पायो।

रोचक त के छ भने हात मिलायएका यस्ता दृश्यहरु कयौँ भाँडा, चिहान, विभिन्न ठाउँमा बिछ्याइएका ढुंगाहरुमा देख्न सकिन्छ। त्यस्ता दृश्यमा केही अवसर विवाहका छन्, केही ठूला सन्धिसम्झौताका छन्, केही युवा योद्धा युद्ध छोडिरहेको अवसर देखाइएको छ भने केही भने मृत्युपरान्तको अवस्था कुँदिएको छ। साहित्य आकाशमा भने पहिलो पटक हात मिलाउने सन्दर्भका कुराहरु पश्चिमाहरुको महान् कृति ‘इलियाड’ र ‘ओडेसी’मा प्रशस्त व्यक्त भएको छ।

हात मिलाउने कार्य साथीत्वको भाव दर्शाउन वा साथीहरु भेट भएका बेला, रोमान्सको अवस्था दर्शाउन, कतिपय अवस्थामा बन्दव्यापारको खुसी प्रकट गर्न समेत अभिव्यक्त गरिएको छ।

इतिहासकार ग्लेनिज डेभिसले शास्त्रीय कलामा हात मिलाउने कुरा कसरी आयो होला भन्ने सन्दर्भमा बुझाउँदै भन्छन्, ‘युद्ध र शान्तिको दुविधाको अवस्था अहिले पनि हामी देख्न सक्छौँ। त्यसैले तिनै प्रक्रियाबाट गुज्रदै यो दैनन्दिनीमा प्रवेश गरेको बुझ्न कठिन छैन।’

चर्चका पादरहरुले सन्को १८ औँ शताब्दीमा हात मिलाउनुलाई अमेरिकामा लोकप्रिय बनाएका थिए। हात मिलाउनु अन्य चिजभन्दा अझ बढी लोकतान्त्रिक भएको महसुस भएपछि उनीहरुले झुक्ने, ह्याट फुकाल्ने लगायतका कुरामा भन्दा हात मिलाउनेमा जोड दिएका थिए।

इतिहासकार माइकल जकरम्यान भन्छन्, ‘पहिला दरबारको अभिवादन बडो झर्कोलाग्दो थियो। हात मिलाउनुले भने त्यो झर्कोलाग्दो क्रियालाई निकै सरल बनाइदियो। हामीले जहाँ, जोसँग पनि जसरी पनि मिलाउन सकिने भएकाले यसको लोकप्रियता बढेको हुनसक्छ।’

हात मिलाउनुको वैज्ञानिक व्याख्या पनि केहीले खोतलेका छन्। सन् २०१५ मा इजरायलमा भएको हात मिलाउने अध्ययनमा सयौँ व्यक्तिहरुले हात मिलाएपछि सुँघ्ने गरेको पाइएको थियो। हात मिलाउने व्यक्तिले कस्तो भाव व्यक्त गरिरहेको छ, सकारात्मक छ कि नकारात्मक भन्ने कुरा बुझ्न अधिकांशले हात सुँघ्ने गरेको पाइएको हो। यस्तो व्यवहार सम्भवतः जनावरहरुले एकअर्कालाई सुँघ्ने र आफ्नो मित्र या शत्रु भनी चिन्ने कुराकै निरन्तरता हो भनी केही अध्येताको छ।
हात मिलाउने मात्र होइन, अभिवादनका रुपमा गाला जोड्ने वा चुम्बन गर्ने कुराको पनि निकै लामो इतिहास छ। क्रिश्चियनहरुले शुरुका बेलामा यसलाई एउटा अभिवादनको अंग बनाएको केही अध्येताको धारणा छ। धार्मिक कार्यक्रममा भेला हुन आउँदा धार्मिक अगुवासँग गाला मिलाउने चलन शुरु गरिएको थियो।

‘वन किस अर टुः इन सर्च अफ द पर्फेक्ट ग्रिटिङ’ पुस्तकमा एन्डी स्कट लेख्छन्, ‘जिसस क्राइस्टको निधनपछि उनका कुरा प्रचार गर्ने क्रममा सन्त पलले उनका चेलाहरुलाई ‘एकअर्कालाई पवित्र चुम्बनद्वारा अभिवादन गर’ भनी दिएको आदेशलाई नै पछि गाला जोड्ने अभिवादनको शुरुवात भएको हो।’

मध्यकाल अर्थात् हजार÷पन्ध्र सय वर्षताका सोही किसिमको चुम्बनलाई ‘सत्यप्रतिको निष्ठा’ र ‘सम्झौताको मोहर’का रुपमा लिइएको स्कटको भनाइ छ। यस्तो निष्ठा र मोहर त्यो बेला आवश्यक पथ्र्यो जब परिवारजनमा सम्पत्तिको बाँडफाँड हुन्थ्यो।

अहिलेको समयमा भने चुप्प म्वाई खानुलाई फ्रान्सेली भाषमा ‘ला बाइज’ भनिन्छ, जुन अहिलेको समयमा एउटा स्तरको अभिवादनका रुपमा चिनिइन्छ। ‘ला बिज’ शब्द रोमन कालमा उत्पन्न भएको मानिन्छ। त्यो बेला चुम्बनका अनेकन् प्रकार प्रचलित थिए। सबैभन्दा सामान्य र सभ्य किसिमको चुम्बन चाहिँ ‘बासियम’ थियो। पेरिसमा यिनै दुई किसिमका चुम्बन प्रचलित छन्। गालाको चुम्बन इजिप्ट लगायतका देशमा प्रचलित छ। भेटका बेला गालामा तीन पटक चुम्बन गरिने परम्परा भने इजिप्ट, ल्याटिन अमेरिका र फिलिपिन्समा पाइन्छ।

१४ औँ शताब्दीमा जब प्लेगको महामारी फैलियो, रोग फैलिने डरका कारण ‘ला बिज’ को प्रचलन हराउँदै जान थाल्यो। यसको ठीक चार सय वर्षपछि भने जब फ्रान्सेली क्रान्ति भयो, ‘ला बिज’को प्रचलन बढ्न थाल्यो। सन् २००९ ताका ‘ला बिज’ फेरि स्वाइन फ्लुका कारण सङ्कटमा प¥यो। सन् २०२० फेब्रुअरी अन्त्यताका फ्रान्सका स्वास्थ्य मन्त्रीले कोरोनाभाइरसका कारण यसलाई ‘ला बिज’ नगरेकै राम्रो भनी सुझाए।

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मडिसिनकी बिहेभियरियल साइन्सकी प्राध्यापक भल कर्टिस ‘डन्ट लुक, डन्ट टच, डन्ट इट’ पुस्तकमा लेख्छिन्, ‘कसैसँगको भेटमा गाला जोड्नु, तीन पटक चुम्बन गर्नु, हात मिलाउनुजस्ता व्यवहारले ती व्यक्तिबीचको आत्मियता, नजिकपना वा विश्वासको वातावरणजस्ता कुरालाई इङ्गित गर्दछ।’

सन् १९२९ मा लैला गिभनले अमेरिकन जर्नल अफ नर्सिङमा एउटा आलेख प्रकाशन गरेकी थिइन्। उनले सो आलेखमा लेखेकी छन्, ‘गएको एउटा पूरै पुस्ता हात मिलाउनेजस्ता परम्पराको शिकार भएको छ। यस्ता व्यवहार ब्याक्टेरिया सर्ने एउटा प्रमुख कारण हो। यसले सहजै ब्याक्टेरियालाई सारिदिन्छ। बरु यसको साटो चिनियाँहरुले आफ्नो हात आफैँ मिलाउने शैली अपनाउनु निकै बुद्धिमानी हुन्छ। यस्तो भयो भने हाम्रो ब्याक्टेरिया हामीसँगै हुन्छ र अरुलाई सार्दैनौँ।’शुक्रबारबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।