हेटौंडा । लकडाउन खुले संगै नेपालमा कोरोना संक्रमणको कारण मृृत्यु हुनेको संख्या बढेको छ । आज (बुधबार) मात्रै नेपालमा कोरोनाको कारण तीन जनाले ज्यान गुमाएका छन् ।

आज पर्साको वीरगञ्जमा कोरोनाको कारण २ जना र धरानमा १ जनाको मृत्यु भए भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायले अस्पतालमा उपचार गराइरहेका दुई जना बिरामीको कोरोना संक्रमणका कारण ज्यान गएको बताएका छन्। उपाध्यायका अनुसार मृतकमध्ये एक जना ६८ वर्षीय पुरुष कोरोना विशेष गण्डक अस्पतालमा र अर्का एक जना ७० वर्षीय पुरुष नेसनल मेडिकल कलेजमा उपचाररत बिरामी हुन्। ६८ वर्षीय पुरुष ११ साउनमा कोरोना विशेष अस्पताल र ७० वर्षीय पुरुष १३ साउनमा नेसनल मेडिकल कलेजमा भर्ना भएर उपचार गराइरहेका थिए।

७० वर्षीय पुरुषलाई कोरोना भएको आंशकामा स्वाब संकलन गरेकामा उनको रिपोर्ट नआउँदै बुधबार बिहान मृत्यु भएको हो। उनको बुधबार साँझ मात्र कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो।

यसैगरि आजै विराटनगरबाट थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो कोशी अस्पताल विराटनगरबाट धरान रेफर गरिएका ४५ वर्षिय पुरुषको मृत्यु भएको हो ।

बुधबार दिउँसो सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्तीको विपीमा उपचारका क्रममा ४ः४५ मा मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।