यस वर्षको प्रतिक्षित भारतीय सिनेमाको सूचिमा रहेको ‘केजिएफ- २’अभिनेता संजय दत्त र अभिनेत्री रविना टण्डनका कारण पनि चर्चामा छ।

संजय सिनेमामा प्रमुख खलनायकको भूमिकामा देखिदैंछन्। सिनेमामा संजय ‘अधिरा’को भूमिकामा हुनेछन्।

सिनेमाले संजयको जन्मदिनको अवसर पारेर सिनेमामा रहेको उनको नयाँ लुक सार्वजनिक गरेको छ। सार्वजनिक लुकमा संजयलाई खतरनाक अवतारमा देखाइएको छ।

सार्वजनिक भएको संजयको यस लुकलाई उनका प्रशंसकहरूले मनपराएको भारतीय संचारमाध्यमले जनाएका छन्।

यसअघि ‘अग्नीपथ’मा उनले निर्वाह गरेको ‘कान्चा चिना’पनि दर्शकहरूलाई एकदमै मनपराएका थिए।

‘केजिएफ-२’को लुक सार्वजनिक गर्दै संजयले ‘यस सिनेमामा काम गर्नु एकदम गर्वको कुरा हो। जन्मदिनमा यो भन्दा राम्रो उपहार के माग्न सक्छु ? फ्यानहरूको माया र साथका लागि धेरैधेरै धन्यवाद’, आफ्नो इन्स्टाग्राम एकाउन्टमा फोटो पोस्ट गर्दै संजयले लेखेका छन्।

कन्नड भाषाको हालसम्मकै सर्वाधिक महँगो मानिएको यस सिनेमामा यस र श्रीनिधि शेट्टी प्रमुख भुमिकामा छन्। सिनेमालाई प्रशान्त निलले निर्देशण गरेका हुन्।

झण्डै ५० देखि ८० करोड भारूको बजेटमा निर्माण भएको सिनेमाले वक्सअफिसमा २ सय ५० करोड भारू कमाइ गरेको थियो।

जारी कोरोना कहर शान्त भएमा सिनेमा अक्टुवर २३ मा रिलिज हुनेछ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।