अनिष चौलागाई, हेटौंडा/कोरोना भाइरस (कोभिड–१९)को महामारिसंगै हुने संक्रमण रोक्न गरेको लकडाउनपछि सार्वजनिक यातायात पनि लामो समय बन्द रह्यो । असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षा सावधानी अपनाएर सार्वजनिक बस चलाउने निर्णय गरेपछि देशैभर सुचारु भएको सार्बजनिक यातायात मकवानपुरमा पनि चल्न थाल्यो ।

साउनदेखि चल्न थालेका सार्वजनिक बसहरुमा भने सरकारले तोकेको सुरक्षा मापदण्ड पुरा गरेको देखिदैन् । पूर्वी मकवानपुरमा चल्ने कुनैपनि बसले सामान्य सुरक्षा मापदण्ड समेत पुरा गरेका छैनन् भने भाडादरमा समेत मनमानी असुली रहेका छन् ।

सरकारले सार्वजनिक सवारी साधन बसमा ५० प्रतिशत थप भाडा र ट्याक्सीमा ४० प्रतिशत थप भाडा लिएर सवारी साधन सिट क्षमताको आधा संख्यामा मात्र यात्रु बोक्न पाउने तोकेको छ । तर पूर्वी मकवानपुर भएर चल्ने बसहरुमा सवारी साधन सिट क्षमताको आधा संख्या हैन दोब्बर संख्यामा यात्रु चढाउने गरिएको छ । बकैयाबाट हेटौंडा आउन बस कुरिरहेका सुदिप केसि बसमा उभिदै हेटौंडा आए । उनि भन्छन् ‘न सिटमा बस्न पाइयो,भाडामात्र डबल तिर्न पर्न पर्यो । कोरोनाको महामारि छ सहचालक नै माक्स नलाई पैसा लिन आए ।’ यसरी आउने बसहरुलाई न कुनै चेकजाच छ न कुनै कारवाहि । दूरी कायम नगरी यात्रु सवारीमा राख्दा कोरोनाको सङ्क्रमण फैलन सक्ने भए पनि अनुगमन नहुँदा चालक, परिचालकले पुरानो बानी नसुध्रने देखिएको यात्रुको भनाइ छ। सिट क्षमताभन्दा आधा कम यात्रु राखेकैले लिन पाउने ५० प्रतिशत बढी भाडा भने सिटभर यात्रु राखेर पनि असुल गर्न थालिएको छ।

पूर्वी मकवानपुरमा चल्ने यातायात मात्र नभई साझा यातायातको अबस्था त्यस्तै रहेको छ । सिटभर यात्रु न त मास्कको प्रयोग गरेको देखिन्छ । सार्वजनिक यातायात खुलेसँगै कोरोना संक्रमणको दर बढिरहेको छ ।

यहि विषयमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालसंग बुझ्दा जिल्ला ट्राफिक कार्यालयमा बझ्ने बताए । बढिभाडा लिएको साथै गाडिभरि यात्रु राखि सुरक्षाको कुनै उपाय अबलम्बन नगरेका ९ वटा सवारि सोमबार पक्राउ गरि मुद्दा चलाइने जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख हरिविष्णु ढकालले खबरब्रेकलाई बताए । उनले अनुगमन र चेक नगरिएको कुरा नकार्दै भने ‘साधनस्रोत कमि साथै पुर्ण रुपमा कार्य सम्पन्न गर्न नसकेकाले कहि कतै त्यस्तो देखिएता पनि काम गरिरहेका छौ ।’ पूर्वी मकवानपुरमा चल्ने सवारिमा भने स्थायी चेकपोष्ट र मानब संसाधनको कमिले राम्रो कार्य सम्पादन गर्न नसकेको स्विकारे ।

सार्वजनिक यातायातमा निश्चित दूरी कायम गरेर मात्र यात्रा गर्न र यात्रु चढाउन निर्देशन दिँदै सेवा सञ्चालन गर्न सरकारले भन्यो। त्यसबापत यातायात व्यवसायीलाई डेढी भाडा असुल्ने अनुमति दियो। गाडी चढ्नुअघि अपनाउनु पर्ने सावधानी र त्यसका लागि आवश्यक पर्ने साधनको व्यवस्था गर्न भनियो। तर मकवापुरकमा चल्ने यातायात सञ्चालनको अवस्था त्यस्तो छैन। हिजोको सामान्य अवस्था जस्तै मानिस यातायात साधन प्रयोग गरिरहेका छन्। अझ सीमित मात्रै साधन चलेका कारण हुन सक्छ, यात्रुलाई गुन्द्रुक बनाउने प्रवृत्ति उहीरूपमा दोहोरिएको छ। सिटभरमात्र यात्रु हैन ढोकासम्मै यात्रु कोचिरहेका छन् । यसमा बसमा यात्रा गर्ने यात्रुको कुनै चासो छ न त चेकजाच गर्ने निकायको कावार्हि ।

के छ सरकारले तोकेको निर्णय ?

सरकारले यस्ता सवारी साधन चलाउँदा सुरक्षा विधि अपनाउनुपर्ने र सरकारले तोकेका अन्य विधिसमेत अपनाउनुपर्ने जनाइएको छ। यसरी सवारी साधन चढ्ने प्रत्येक व्यक्तिले समेत सुरक्षा विधि अपनाउनुपर्ने सरकारले निर्णय गरेको छ। सबै यात्रुले मास्क प्रयोग गर्नुपर्ने, यात्रु चढ्दा ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकले भाइजर लगाउनु पर्नेसमेत तोकिएको छ । यसका साथै सवारी साधनलाई निसंक्रमित गर्नुपर्ने समेत सरकारले निर्णय गरेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।