हेटौँडा / नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेशका संगठन विभाग प्रमुख अनन्त पौडेलले परेवाभिरको विषयमा अनावश्यक हल्लाखल्ला धेरै भएको बताएका छन् । उनले परेवा भिरलाई जुंगाको लडाई बनाउन खोजिएको समेत दाबी गरे ।
खबरब्रेकसँग कुरा गर्दै संविधानसभा सदस्य समे रहेका पौडेलले २०४३ सालबाट निर्माण गर्ने भनिएको भएपनि उक्त भिरबाट हालसम्म बाटो निर्माण हुन नसक्नु दुखद विषय भएको बताए । उनले उक्त क्षेत्रबाट पटकपटक सांसद भएका जननिर्वाचित प्रतिनिधिहरुले समेत उक्त बाटोको विषयमा गम्भिर ध्यान नदिएको आरोप लगाए ।
अहिले परेवाभिरको चर्चाको विषयमा प्रतिक्रिया दिदै नेता पौडेलले नेपाली कांग्रेसका प्रतिनिधिहरुले नेकपामा विवाद ल्याउने काम गरेको समेत बताए । परेवाभिर बनाउने कुरामा संघिय र प्रदेश सरकार गम्भिर हुनुपर्ने भन्दै उनले अहिले प्रतिनिधिसभा सांसद तथा मुख्यमनत्रीले उक्त विषयलाई जुंगाको लडाई बनाउन नहुने समेत बताए ।
हेर्नुहोस भिडियो :
प्रतिक्रिया दिनुहोस्