हेटौँडा । मकवानपुरमा आज भएको ट्रक दुर्घटना परि एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत् मनहरी गाउँपालिका वडा नं ९ स्थित खरङ्गामा ट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको हो ।
दुर्घटनामा परि २० वर्षका राज चौधरीको मृत्यु भएको छ भने चालक समेत रहेका उनका बुबा लक्ष्मी नारायण चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

हेटौँडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख ७०४ नम्बरको ट्रक अनियन्त्रित भइ सडकबाट करिब २० मिटर तल पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते चौधरीको चितवनस्थित भरतपुरमा उपचार भैरहेको जनाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।