हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नंबर ३ को वडा कार्यलयलाई शिल गरिएको छ ।
बहराईनबाट नेपाल आएका हेटौँडा ३ का एकजना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएछि उनी सिफारिसको लागि पुगेको वडा कार्यलय समेत शिल गरिएको छ ।

खबरब्रेकसँगक कुरा गर्दै हेटौँडा ३ का वडा अध्यक्ष रामकुमार पुडासैनीले आफुहरुकोमा सिफारिस लिन आएको ब्यक्तिमा कोरोना संक्रण पुष्टि भएपछि वडा कार्यलयको सबै कर्मचारीलाई होम क्वारेन्टिनको लागि बिदा दिईएको र अबको ३ दिनपछि पिसिआर परिक्षण गरिने र त्यसको नतिजापछि कार्यलय सञ्चालको विषयमा निर्णय हुने बताए ।
बहराईनबाट बसामाडी आएर होम क्वारिन्टनमा बसेका भनेका उक्त ब्यक्ति पिसिआर परिक्षणको सिफारिस लिन आफै वडा कार्यलय पुगेको जनाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।