हेटौंडा । नेपालमा कोरोना भाइरसको मुक्त हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ५६ जना संक्रमित कोरोना मुक्त भए संगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको हो ।

यसैगरि पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार २ सय ४१  पुगेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।