हेटौँडा । सुस्मिता हत्याकाण्डको सन्र्दभमा आज जिल्ला अदालत हेटौँडामा थुनछेक बहस सकिएको छ । बहस सकिएपछि आदेशको प्रतिक्षामा रहेका सुस्मिताका आमा बुबा सहित उनको न्यायको पक्षमा उभिएकाहरु निरास भएका छन । आजै आदेश आउने प्रतिक्षामा रहेको उनीहरु आदेश आज नआउने भएपछि निरास भएका हुन् । यसअघि खबरब्रेकलाई प्राप्त जानकारी अनुसार आदेश आजै आउने बताईएको थियो । यसै सन्र्दभमा हामीले सुस्मिताको पक्षमा वकालत गरिरहेका अधिवत्ता धु्रबप्रसाद चौँलागाईलाई सम्पर्क गर्दा उनले भने : हामीपनि बहस सकेर बसेका थियौ, आदेश आजै आउने संभावना थियो तर आज आएन, अब भोलीको प्रतिक्षामा छौ ।
गत असार १ गते राति हेटौँडामा हत्या गरिएकी सुस्मिता केसी थापाको हत्यामा संलग्न रहेकालाई कडाभन्दा कडा कारबाहीको माग गर्दै जिल्ला अदालत अगाडी आज पनि स्थानीय महिला सहित नागरिकहरुले धर्ना दिएकाथिए । उनीहरुले श्रीमान गुमाएर पीडामा रहेकी बुहारीलाई मानसिक तथा शारिरिक यातना दिएको भन्दै अदालत बाहिर धर्ना दिएका हुन् ।

हत्यामा आरोपितहरुलाई आईतबार सरकारी वकिलको कार्यालयबाट अभियोग पत्र सहित सजायको माग गरिएको छ । सरकारी वकिलको कार्यलयले हत्याका ५ जना आरोपित मध्ये ससुरा प्रकाश थापा र नन्द सिता थापालाई आजिवन कैद, जेठि नन्द दुर्गा कार्की थापा र उनको श्रीमान अरुण कार्कीलाई जन्मकैद अर्थात २५ वर्ष कैद र सासु तुससी थापालाई हत्याराको मतियार भएको भन्दै साढे १२ वर्ष कैदको मागदाबी सहित अभियोयपत्र दायरा गरिएको हो ।

आरोपितको बयान सोमबार सकिएको र आज थुनछेक बहस भएको छ ।जिल्ला अदालत हेटौँडामा उक्त थुनछेक बहस न्यायधिश सिताशर्मा अधिकारीको बेन्चले हेरिरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।