हेटौँडा । हेटौँडामा गत असार १ गते राती हत्या गरिएकी सुस्मिता केसी थापाको हत्याको सन्र्दमा पाँचजना बिरुद्ध सरकारको वकिलको कार्यलयले अभियोगपत्र दायर गरेपछि आज जिल्ला अदालत मकवानपुरमा थुनछेक बहस भएको छ । यो विषयमा मकवानपुरका जम्मा १७ जना कानुन ब्यवसायीहरुले बहस गरेका थिए ।

बहस गर्नेहरुमा न्यायधिवक्त खणिन्द्रराज कटुवाल सहित अधिवक्ताहरु मदन दाहाल, ध्रबप्रसाद चौँलागाई, मनप्रसाद भट्टराई, गोपाल प्रसाद आचार्य, बालकृष्ण शर्मा अधिकारी, कृष्ण प्रसाद छत्कुली,अप्सरा बस्नेत श्रद्धा ढुंगना, रामशरण लामिछाने, समल चौँलागाई, रामकृष्ण देउला,, फुलमाया रानभाट,कृष्ण अर्याल, पुस्कबहादुर थापा, ऋषि केबी, शुसिल पोखरेलले बहस गरेका थिए ।
बहस आजै सकिएपनि आदेश भने भोलीमात्र आउने जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।