हेटौंडा । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मकवानपुरको सचिवालय सदस्य एवम् पूर्वी मकवानपुर ईन्चार्ज प्रल्हद गौतमले पार्टी परित्याग गरेका छन् ।

विद्यार्थी राजनीति बाट सुरु गरेको राजनैतिक जीवन संगै आज बाट नेकपा विप्लव पार्टी छाडेको एक विज्ञप्ती सार्वजनिक गर्दै आफुले पार्टी परित्याग गरेको जानकारी दिए।

राजनीति जिवनबाट अब आम सर्वसाधारण जनताको जिवन झै बाकी जीवन बिताउने उनको भनाइ छ । राजनैतिक क्रियाकलापमा निष्क्रिय रहेर घर घरायसी जिवम बिताइरहेका गौतम गत आइतबार आफ्नै निवासमा सुतिरहेको बेला प्रहरीले पक्राउ गरेको थियो ।

यसैगरि, गत असार २४ गते ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटीएको प्रहरी टोलीले हाँडिखोला बस्ने ३२ वर्षीय सोनाम लामा भन्ने सोनम सिंह बललाई पक्राउ गरेको छ ।

गौतम पार्टीका मकवानपुर जिल्ला समितिको सचिवालय सदस्य हुन् भने बल जिल्ला अध्यक्ष रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।