सांकेतिक तस्विर

सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता भएका छन्। आयोजनाका एक इन्जिनियर र एक सवारी चालक बेपत्ता भएका हुन्।

सुरुङमा पानी हालेर परीक्षण गरिएको क्रममा समस्या देखिएपछि हेर्न गएका चार जनालाई पानीले बगाएको थियो। बगाएका चारमध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ। बाँकी दुई अझै बेपत्ता रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।