जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीका वचन र कर्मले सीमा नाघेको टिप्पणी गरेका छन्।

ओलीको अध्योध्यासम्बन्धित विवादास्पद अभिव्यक्तिप्रति टिप्पणी गर्दै भट्टराईले अब प्रधानमन्त्री ओलीलाई छाडा छाड्नु खतरनाक हुने उल्लेख गरेका छन्।

मंगलबार ट्वीट गर्दै उनले भनेका छन्, ‘अति गरे खति हुन्छ भन्छन्!प्रम @kpsharmaoli का वचन/कर्मले सीमा नाघ्दैछन्!संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न।संसद स्थगन गरेर अध्यादेश /संकटकालको‘खड्ग’समेत वहाँको हातमा छ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ!उपचार खोजौं!


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।