असार ३० – कर्णाली प्रदेश सभाको एक सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । उनी नेपाली कांग्रेसका सांसद हुन्।

काठमाडौं आउनुअघि पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको प्रदेश सभाकै एक सांसदले जानकारी दिए । उनमा कुनै लक्षण भने देखिएको छैन।

सभामुख शाहीले भने, “एक जना माननीयज्यूमा संक्रमण पुष्टि भएछ, उहाँ सबै बैठकमा उपस्थित हुने माननीयज्यू हो, हामी धेरै जना उहाँसँग नजिक भएकाले आज सबैको पीसीआर परीक्षण गरिंदैछ।”

प्रदेश सभाको बैठक केही दिनका लागि स्थगित भएको छ । कर्णाली प्रदेश सभामा ४० जना सांसद छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।