मंगलबार मुलुकभर १ सय १६ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।

त्यस्तै २४ घण्टामा कोरोनाका ३४ संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। यीसहित हालसम्म १० हजार ३ सय २८ जना कोरोनाबाट निको भएका छन्। ३८ जना मृतकमा कोरोना देखिएको छ। हालसम्म २ लाख ९३ हजार ७३९ जनाकाे पिसिआर परीक्षण भएकाे छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।