राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा/फाईल फोटो

२९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अयोध्या बारे प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई उटपट्यांग,अपुष्ट र अप्रमाणित रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सोमबार आफ्नै निवासमा आयोजित कार्यक्रममा अयोध्या वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको ठोरी गाउँमा पर्ने भन्दै भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएपछि अध्यक्ष थापाको यस्तो टिप्पणी आएको हो ।

अध्यक्ष थापाले प्रधानमन्त्रीको स्तरबाट यस्ता उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा आउनु उपयुक्त छैन भन्दै भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रधानमन्त्रीको ध्यान गए जस्तो लागेको बताएका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जाल टुईटरमा टुईट गर्दै भनेका छन्,’प्रमको स्तरबाट यस्ता उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन।भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ।नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ताल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।