हेटौंडा – ४ की सुस्मिता थापाको हत्या अभियोगमा पक्राउ गरिएको प्रकाश थापा, तुलसीकुमारी थापा, दुर्गा कार्की तथा सिता थापालाई थुनछेक बहसको लागि जिल्ला अदालत मकवानपुर लगिएको छ ।
उनलाई अदालत लैजाँदा सुरक्षा ब्यवस्था समेत कडा पारिएको छ । अदालत परिषर तथा मानसचोक क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको हो ।

मृतक सुस्मिताकी ससुरा प्रकाश, नन्द सिता बिरुद्ध आजीवन कैद, उनकी जेठी नन्द दुर्गा थापा र उनको श्रीमान अरुण कार्की बिरुद्ध जन्मकैद अर्थात २५ वर्ष र सासु विरुद्ध साढे १२ वर्ष सजायको माग गर्दै मुद्धा दायर भएपछि उनीहरुलाई बयानको लागि अदालत लगिएको हो । सरकारी वकिल कार्यालयलेले जिल्ला अदालतमा मुद्धा दायर गरेको जिल्ला न्यायधिवक्ता खणिन्द्रराज कटुवालले खबरब्रेकलाई बताए ।
खबरब्रेकलाई मुद्धा दायरको विषयमा प्रतिक्रिया दिँदै कटुवालले हत्यामा संलग्न भएको प्रतिवेदनको आधारमा दुर्गाको श्रीमान बिरुद्ध पनि मुद्धा दायर भएको बताए ।

  ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापालाई आजीवन कैद सजायको माग गरिएको छ भने दुर्गा र उनको पति अरुणलाई जन्मकैद अर्थात २५ वर्ष र उनको सासु तुलसीकुमारी थापालाई हत्याराको मतियार रहेको भन्दै साढे १२ वर्ष कैदको माग गरिएको कटुवालको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आफ्नो दोश्रो चरणको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यलयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यलयले प्रतिवेदनलाई अध्ययन गरेर मुद्धा दायर गरेको हो ।
गत असार १ गते मृत भेटिएकी सुस्मिताको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले गत असार १५ गते उनकै परिवारका चारजनालाई सार्वजनिक गरेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।