हेटौँडा ।
मकवानपुरको हेटौँडा निवासी सुस्मीता हत्याकाण्डले नयाँ मोड लिएको छ । हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार १५ गते उनको परिवारको ४ जना अर्थात ससुरा प्रकाश थापा, सासु तुलसी कुमारी थापा, आमाजु दुर्गा थापा र नन्द सिता थापालाई पक्राउ गरेको थियो ।
तर दोश्रो चरणको अनुसन्धानपछि प्रहरीले हत्यामा पाँचजना संलग्न रहेको प्रतिवेदन सरकारी वकिलको कार्यलयमा बुझाएपछि हत्याले नयाँ मोड लिएको हो ।
सरकारी वकिल कार्यलयका जिल्ला न्यायधिवक्ता खडिन्दराज कटुवालले  पाँचजना विरुद्ध मुद्दा दायर भएको खबरब्रेकलाई जानकारि दिए ।
ति पाँचौ ब्यक्ति दुर्गाका पति अरुण कार्की रहेको कटुवालको भनाई रहेको छ । प्रहरीले दिएको प्रतिवेदनको गहन अध्ययन गरेर अरुण सहित पाँचैजनालाई सजायको माग गर्दै मुद्धा दायर गरिएको उनको भनाई छ ।

कटुवालको भनाई अनुसार सुस्मिताको क्रुरतापुर्वक हत्यामा प्रत्यक्ष संलग्न रहेका ससुरा प्रकाश तथा नन्द सिता बिरुद्ध आजिबन कैद, दुर्गा र उनका पनि अरुण बिरुद्ध जन्म कैद अर्थात २५ वर्ष कैद र सासु तुलसी बिरुद्ध हत्याको मतियार भएको भन्दै साढे १२ वर्ष कैदको मागदाबी गरिएको हो ।
उनले हत्यामा संलग्न रहेकाहरु कानुनको दायराबाट उम्कन नसक्ने भन्दै क्रुर हत्यामा संलग्नलाई कानुन बमोजिम सजाय हुने विश्वास आफुले लिएको उनले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।