असार २९ – नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले उकालो यात्रा तय गरेको छ ।

आइतबार तोलाको १ सय रूपैयाँले घटेर प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम रहेको सुनको मूल्य सोमबार फेरि तोलाको २ सय रूपैयाँले बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, सोमबार तेजावी सुनको भाउ पनि प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, सोमबार पनि चाँदीको मूल्य पनि तोलाको १० रूपैयाँले बढेर प्रतितोला ९ सय ९० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।