असार २९ – प्रहरीले काठमाडौंको सितापाइलामा एक दम्पत्तिको हत्या गरी फरार रहेका सर्लाहीका एक अभियुक्तलाई सो हत्याकाण्ड भएको १४ वर्षपछि पक्राउ गरेको बताएको छ।

काठमाडौं सितापाइलास्थित कान्तिपुर मिलका सञ्चालक मोरङ डाँगीहाट गाविस–८ का ४५ वर्षीय नातीकाजी सुवेदी र उनकी श्रीमती ४४ वर्षीय सानु सुवेदीको २०६३ पौष २० गते हत्या भएको थियो।

सोही मिलमा काम गर्ने सर्लाहीका जय किशोर साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी ती दम्पत्तिको हत्या गरेर फरार रहेको प्रहरीले बताएको छ।

तीमध्ये साहलाई आइतबार बाँके जिल्लाको भारतसँगको सीमा क्षेत्रबाट पक्राउ गरी आवश्यक प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।