इंगलिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनहम हट्सपरले आर्सनललाई २–१ गोलअन्तरले पराजित गरेको छ।

अलेक्जेन्डर लाकाजट्टेले १६औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको तीनमिनेटमै टोटनहमका सन हुङ मिनले बराबरी गोल फर्काए।

८१ औं मिनेटमा टोबी अल्डेरविरेल्डले हेडर गोल गर्दै टोटनहमलाई जित दिलाए। जितसँगै टोटनहम ३५ खेलमा ५२ अंकसहित आठौं स्थानमा उक्लिएको छ। त्यतिनै खेलबाट ५० अंक रहेको आर्सन लभने नवौं स्थानमा झरेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।