इङल्याण्डविरुद्धको पहिलो टेस्टमा वेस्टइन्डिज विजयी भएको छ । इङल्याण्डमाथि वेस्टइन्डिजले ४ विकेटको जित हासिल गरेको हो । इङल्याण्डले दिएको २ सय रनको लक्ष्यलाई वेस्टइन्डिजले ६ विकेट गुमाउदै पुरा गरेको थ्यियो ।

वेस्टइण्डिजलाई जिताउने क्रममा जेर्मिन ब्ल्याकवूडले ९५ रन बनाए भने रोष्टन चेजले ३७, शेन डोरिचले २० रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले पहिलो इनिंगमा २०४ रन बनाएर अल आउट भएको थियो भने दोस्रो इनिंगमा ३१३ रनमा अल आउट भएको थियो ।

त्यस्तै यस अघि वेस्टइन्डिज आफ्नो पहिलो इनिंगमा ३१८ रनमा अल आउट भएको थियो । वेस्टइन्डिजका बलर शानन गाब्रियलले पहिलो इनिंगमा ४ र दोस्रो इनिंगमा ५ विकेट गरि कुल ९ विकेट लिएसँगै उनी खेलको प्लेयर अफ ड म्याच बनेका छन् । तीन खेलको सिरिजमा वेस्टइण्डिजले १-० ले अग्रता बनाएको छ । अब सिरिजको दोस्रो खेल १६ जुलाईबाट शुरु हुने छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।