file photo

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको एकजना पुरुषमा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।
कोरोना आईसोलेसन वार्डले पठाएको १३ जनाको स्वाब मध्ये एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको आईसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।
हेटौडा उपमहानगरपालिका वार्ड नं।१४ गाउँका उक्त युवकमा आज मात्र उनको कोभिड १९ को संक्रमण पुस्टि भएको हो । उनी साउदी अरबबाट नेपाल आएका थिए । यो संगै उपमहानगरपालिकामा संक्रमित हुनेको संख्या ८ पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।