मकवानपुर बहुमुखि क्याम्पस

मानबी बानीयाँ । हेटौंडा । कोरोनाका कारण रद्द भएका विभिन्न विषयका परिक्षार्थीहरु अहिले परिक्षाको पर्खाइमा छन् । गत वर्ष चैत्रदेखि शुरु हुने भनिएको परिक्षाहरु लकडाउनको कारण हुन सकेन् । त्रिभुवन विश्वविद्यालय अन्र्तगत लिईने परिक्षाहरु अझै नि अन्यौल अवस्थामा रहेको छ । यहि अन्यौल्ताको कारणले गर्दानै अहिले विद्यार्थीको अनलाइन कक्षामामा आकर्षण घट्दो अवस्थामा छ । कोरोना रोगको संक्रमण दिनप्रतिदिन बढ्दो अवस्था रहेकै कारणले गर्दा त्रिविले कुनै निर्णय गर्न सकेको छैन् । यस्तै चपेटामा परेको छ मकवानपुरको मकवानपुर बहुमुखि क्याम्पस । त्रिविकै निर्णयलाई कुर्दै क्याम्पसले आफुनो गतिविधि गरिरहेको छ ।

अन्य थुप्रै विषयमा अध्ययन हुँदै आएको यस क्याम्पसमा बीबीएमको पनि पढाई हुँदै आएको छ । परिक्षाकै सन्दर्भमा हेर्ने हो भने, बीबीएम विषयकमा अध्ययनरत विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउदै चारचोटी नेपाल टप गरिसकेका छन् । बीबीएम÷बिएड विषक क्याम्पसका निर्देशक मधुकुमार सिंहका अनुसार, २०७१ सालबाट सविन उप्रेतीले नेपाल टप गरेको थियो । त्यस्तै २०७२ सालमा विमुना चौलागाई, २०७५ सालमा रमनी पराजुली र गत वर्ष २०७६ सालमा प्रजिता सुवेदीले नेपाल टप गरेको निर्देशक सिंहले जानकारी गराए । २०७० सालबाट क्याम्पसले बीबीएम विषयक अध्ययनको सुरुवात गरेको उनले बताए ।

सिंह भन्छन्, यति राम्रो नतिजा ल्याईराखेका छन्, हामीले अन्य वर्ष टप गर्न नसकेता पनि तेस्र्रो श्रेणिभन्दा उता गएको छैन् । अन्य विषयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकभन्दा यस विषयका विद्यार्थीका अभिभावकले उनिहरुका बालबच्चाको पढाईमा चासो देखाउने गरेको बताए । शिक्षककै निगरानीमा हरेक विद्यार्थी रहने गरेको सिंहले जानकारी गराए ।

लकडाउनको कारणले भने, विद्यार्थीहरुमा धेरै असर पुग्न गएको उनि बताँउछन् । क्याम्पसको बीबीएमको पहिलो, तेस्रो, पाँचौं र सातौं सेमेस्टर र बीबीएको पहिलो र तेस्रो सेमेस्टरका लागि आन्तरिक परीक्षा लिईसकेका र अंकहरू पनि दिईसकेको अवस्था छ । अहिले विद्यार्र्थीहरू अन्तिम परीक्षाको लागि पर्खिरहेको सिंह बताँउछन् । चार महिना बित्नै लाग्दा पनि कुनै निर्णय भने हुननसकेको अवस्थामा परिक्षार्थीहरु अहिले निराश अवस्थामा पुगेको बताँउछन् ।

परिक्षा मितिको टुङगो नलाग्दा परिक्षार्थीहरुमा असर पुग्ने कुरा बेलैमा सम्बन्धि निकायले सोच्न जरुरी रहेको उनको भनाई छ । अघिल्ला दिनमा टप गर्दै आएका विद्यार्थी जस्तै अहिलेको परिस्थितीलाई मध्यन नजर गर्दै टप गर्न सक्ने वा नसक्ने चुनौतीको विषय रहेको सिंहले बताए । भन्ने प्रश्न समेत उठनु सक्ने वातावरण हुने उनले बताए । विद्यार्थीहरू अपर सेमेस्टर अपग्रेडको निलम्बनबाट निराश छन् जसले अनलाइन अपरेटिंग क्लासको आकर्षण घटाउँदै गएको उनले गुनासो गरे । यस अनुसार त्रिविले छिट्टैनै परिक्षाको टुङगो लगाउनुपर्ने उनको जानकारी गराए ।

अहिले बिबिएम÷बीबीएको अनलाईन कक्षा भईरहेको छ । निर्देशक सिंहकै निरीक्षणमा क्याम्पसमा १५ जना शिक्षकहरु आई अनलाइन कक्षा दिने गरेको छ । बुधबारबाट सुरु भएको कक्षा डेढ घण्टा एक शिक्षकको समय रहेको सिंहले जानकारी गराए । सामाजिक दुरीलाई कायम गर्दै सिफ्ट अनुसारनै शिक्षकहरु क्याम्पस आई एक एकवटा कक्षामा बसी पढाई रहेको उनले जानकारी गराए । बिबिएम÷बीबीएको विद्यार्थीहरु दुईसय ५० जना रहेका छन् । मुख्यत अहिले विद्यार्थीको समस्या अनलाइन कक्षामा उपस्थित हुँदा अघोषित लोडसेडिङ रहेको सिंहले गुनासो गरे । कयौं विद्यार्थीले फोन गरेर आफु अनलाइन आउन नसकेको गुनासो गर्नेका गरेका छन् । करिब ६ घण्टाको कक्षामा विद्यार्थीले डाटा तानेर पनि नसक्ने उनले बताए । यसको लागि नेपाल टेलिकमले केहि व्यवस्था गरिदिए विद्यार्थीलाई राहात हुने बताए । क्याम्पसमा जेनेरेटर तथा इन्भटर भएता पनि सबै विद्यार्थीको यस सेवाको अभाव रहेको उनले जानकारी गराए । विकल्प भनेको डाटानै, छुट गर्दिए विद्यार्थीले निरन्तर पढ्न पाउने उनले जानकारी गराए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।