असार २८ : नेपालमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आजै मात्र मकवानपुरमा पनि एकजनामा थप कोरोना भाईरस पुष्टि भएको छ ।

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍। जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ८०१ पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार आइतबार कोरोनालाई जितेर १४७ जना घर फर्किएका छन्।

मकवानपुरमा थपियो कोरोना संक्रमित
हेटौँडा । मकवानपुरमा कोरोना संक्रमितको संख्या थपिएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका निवासी एकजना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछि मकवानपुरमा कोरोना संक्रमितको संख्या थप भएको हो ।

थाहा नगरपालिका वडा नम्बर ७ चल्ती गाँउका ३९ बर्षीय एक पुरूषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए । उनि केही दिन अघि साउदी अरबबाट नेपाल आएका थिए । हेटौँडा –१० मा रहेको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको चौलागाईको भनाई रहेको छ । उनलाई हेटौँडामा रहेको कोरोना आइसोलेसन वार्डमा गएरातीनै ल्याईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।