काठमाडौं, २८ असार । सरकारले भारतीय न्यूज च्यानलहरुमाथि लगाएको बन्देज कायमै राख्न आग्रह गरेको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुलाई अर्थ एवं संचार तथा सुचना प्रविधिन मन्त्री युवराज खतिवडाले यस्तो आग्रह गरेका हुन् ।

मिडिया सोसाइटीका प्रतिनिधिहरुसँग भएको भेटमा मन्त्री खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म प्रतिवन्ध कायम राख्न आग्रह गरेका हुन् ।

नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रमक र आपत्तिजनक समाचार प्रसारण गरेपछि एमएसओहरुले असार २५ गतेबाट केही भारतीय भारतीय न्यूज च्यानलहरुको नेपालमा प्रशारण रोकेका थिए ।

राष्ट्रिय एकताका साथ नेपालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा अनुमोदन गरेपछि भारतीय न्यूज च्यानलहरु दुरासायपूर्ण रुपले प्रस्तुत भएको मन्त्री खतिवडाले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।