हेटौँडा ।  बागमती प्रदेश सरकारले प्रदेश भित्र बाढी पहिरो सहित प्राकृतिक विपदमा ज्यान गुमाएका परिवारको लागि एक लाख रुपैँया राहत दिने निर्णय गरेको छ । बागमती प्रदेश सरकारको आज हेटौँडामा बसेको मन्त्रीपरिषद बैठकले प्राकृतिक विपत्ती सुरु भएसँगै राहातको निर्णय गरेको हो ।

वर्षातको मौसम सुरु भएसँगै वागमती प्रदेशको सिन्धुपाल्चोक ससहत अधिकांश जिल्लाहरुमा जनधनको क्षति सुरु भैसकेको छ । सोहि क्रममा अहिलेसम्म बागमती प्रदेशभित्र २५ जनाले बाढी पहिरोको कारण ज्यान गुमाईसकेका छन् । ति ज्यान गुमाएका परिवारलाई तत्कालै उक्त राहत रकम उपलब्ध गराउने सरकारका प्रवक्ता तथा आर्थिक मामिला एव्म योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताए ।

उनले विपद् व्यवस्थापन समन्वय समितिलाई सक्रिय तुल्याउन प्रदेश सरकारले आवश्यक स्रोत साधनको व्यवस्था गर्ने जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।