हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाकी सुस्मिता थापा हत्याकाण्डको अनुसन्धान दोश्रो चरणमा प्रवेश गरेको बताएको छ ।
गत असार १ गते मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ सुर्यचोकमा रहेको आफ्नै घरमा मृत अवस्थामा भेटिएकी सुस्मिताको हत्या गरेको भन्दै प्रहरीले उनको ससुरा प्रकाश थापा सहित उनको सासु तुलसा थापा, जेठि नन्द दुर्गा कार्की थापा तथा कान्छी नन्द सिता थापालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

असार १ गते हत्याको घटना भएको १५ दिनको दिन अर्थात असार १५ गते प्रहरीले उनको हत्या भएको निश्कर्ष निकाल्दै पत्रकार सम्मेलन मार्फत चारजनालाई सार्वजनिक गरि घटनाको विवरण प्रस्तुत गरेको थियो ।
घटनामा प्रहरीले सुस्मिताको हत्यामा ति चारजनानै संलग्न रहेको दाबी सहित पहिलो चरणको अनुसन्धानको प्रतिवेदन समेत तयार गरेको थियो ।
घटनाको थप अनुसन्धानको विषयमा खबरब्रेकले मकवानपुर प्रहरीका प्रवक्ता एव्म डिएसपी इन्द्रबहादुर रानासँग प्रतिक्रिया लिँदा उनले हत्याको विषयमा दोश्रो चरणको अनुसन्धान सम्पन्न गरि प्रतिवेदन प्रस्तुत गरिरहेको बताए । उनले अब सरकारी वकलिको कार्यलयले अदालतमा उपस्थित गराई कारबाही प्रक्रिया सुरु गर्ने समेत जानकारी दिए ।
उनले भने : हामिले घटनाको महत्वपूर्ण तथा गहन अनुसन्धान गरि दोश्रो चरणको प्रतिवेदन बनाईसकेका छौ, त्यो प्रतिवेदन हामीले सम्वन्धीत निकायमा पेश गरेका छौ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।