हेटौँडा । गत असार २१ गते कोरोना पोजेटिभ भएका थाहा नगरपालिका निवासी दम्पती आजबाट कोरोना मुक्त भएका छन् । युएईबाट आएका उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि हेटौँडामा रहेको कोरोना आईसोलेसन वार्डमा ल्याईएको थियो । उनीहरुको आजको रिर्पोट नेगेटिभ आएको कोरोना आईसोलेन वार्ड हेटौँडाका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।
गत असार १७ गते नेपाल आएका उनीहरुको ३ जना परिवार मध्ये श्रीमान तथा श्रीमतिलाई कोरोना संक्रमण भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।