हेटौँडा । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी र मकवानपुरको हेटौँडा ११ मा रहेको चुरेहिल हस्पिटलबीच स्वास्थ्य सेवा सम्झौता भएको छ । सम्झौतापछि कम्पनीका ग्राहकहरुले चुरे हिल हस्पिटलमा विशेष छुट पाउने छन् ।
आफ्नो ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त देशको सम्पुर्ण प्रदेश र शहरहरुमा अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा स्थित चुरेहिल हस्पिटलसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको हो ।

सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमूख प्रकाश बिक्रम खत्री र हस्पिटलका म्यानेजर सुरेन्द्र देव बाडु ले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पछि ज्योति लाईफ इन्स्योरेन्स कम्पनीमा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्ड बाहक तथा निजका परिवारका सदस्यहरुले हस्पिटलबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

हालसम्म काठमाण्डौं केन्द्रित सेवा प्रदायक साझेदार संस्थाहरुसंग सम्झौता गर्दै आएको यस कम्पनीले देशका अन्य प्रदेश र शहरहरु स्थित संस्थाहरुसंग समेत सम्झौता गर्दै जाने कम्पनीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।