हृदयघात, क्यान्सर लगायत राेगबाट ...

काठमाडौं – तामाबाट बनेका भाँडाको प्रयोग गर्नु धार्मिक दुष्टिकोणले निकै राम्रो मानिन्छ । ज्योतिषशास्त्रमा हात र औंलामा तामाका बस्तुहरु लगाएमा मानिसको जस्वनमा राम्रो प्रभाव पर्ने बताइन्छ ।

धेरैजसो मानिसहरुले नौ ग्रह अनुसार फरक फरक औँठी, पथ्थर र धातु लगाएका पनि हुन्छ । हामिले सुन, चाँदी र तामालाई पवित्र धातुको रुपमा लिने गर्छौ । ज्योतिषशास्त्रमा तामालाई निकै पवित्र बस्तु मानिन्छ ।

तामालाई कुनै पुजा गर्दा पनि प्रयोग गरिन्छ । किनकी तामालाई चोखो बस्तु मानिन्छ ।  त्यस्तै ग्रहका राजा मानिने सूर्यको धातु भनेर तामालाई भनिने पनि गरिन्छ । तामाको औठी प्रयोग गरेमा औषधीय गुण शरीरले लिने बताइन्छ ।

तामाको औठी लगाएमा सूर्य र मंगलको अशुभ असर नहुने बताइएको छ । त्यस्तै तामाको औठीले सूर्यको बल बढाएर परीवारमा मानसम्मान पाइने पाइने शास्त्रमा बताइएको छ । तामो औठीले रगत सफा बनाउन सहयोग गर्छ । तामाको भाँडोको प्रयोगले रोगप्रतिरोधक क्षमता बढाउन सहयोग गर्ने गर्छ ।

तामाले रोगप्रतिरोधक क्षमता बढाउँने बारे आयुर्वेदमा पनि बताइएको छ । तामाको औठी लगाउदा छाला चम्किलो हुन्छ । तामो प्रयोगले  पेट सम्बन्धि कुनै समस्या पनि हुँदैन । तामाको भाडाँमा बाहिरी किटाणुको प्रभाव कम हुने गर्छ । जसले अन्य बाहिरी रोगबाट पनि बचाउछ ।

from : canadanepal


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।