असार । पाँच महिनाको लकडाउनको समयमा वुहानका २६ वर्षीय झाउको १ सय १ किलो तौल बढेको छ ।साइबर क्याफेमा काम गर्ने झाउको तौल डिसेम्बरमा १७७ किलो थियो । लकडाउनका क्रममा पछिल्लो पाँच महिनामा उनको तौल १ सय १ किलोले बढेर २ सय ७८ किलो पुग्यो र उनी शहरकै सबैभन्दा माेटा मानिस बनेका थिए ।

चीनमा लकडाउन हटाएको दिन झाउ आफ्नो बढ्दो तौलका कारण हिँड्डुल गर्न सकेनन् । अत्यधिक तौल बढेका कारण उनलाई सास फर्न समस्या भयो जसकारण उनलाई अस्पताल नै भर्ना गर्नुपर्ने स्थिति आयो ।

वुहान युनिभर्सिटीको झान्गनेन अस्पतालमा झाउको उपचारमा संलग्न डाक्टरले आफूलाई ३१ मेमा बिरामीको फोन आएको र उनलाई ४८ घण्टादेखि निद्रा नलागेको तथा सास फेर्न गाह्रो भइरहेको जानकारी दिएको बताएका छन् । झाउललाई भोलिपल्ट ६ सुरक्षाकर्मी र ४ स्वास्थ्यकर्मीको मद्दतमा अस्पताल पुर्‍याइएको थियो । परीक्षणपश्चात् उनलाई हर्ट फेल्यर र रेस्टिरेटरी डिसफङ्सन भएको पत्ता लाग्यो । ९ दिनसम्म २४ घण्टा स्वास्थ्यकर्मीको हेरविचारमा झाउको स्थितिमा केही सुधार आएको छ । तौल कम गर्नका लागि झाउको शल्यक्रिया हुने भएको छ । शल्यक्रियाको क्रममा उनको पेटको एक हिस्सा हटाइने भएको छ । डाक्टरका अनुसार शल्यक्रियाको जोखिम घटाउनका लागि अबको तीन महिनामा झाउले २५ किलो तौल घटाउनुपर्ने हुन्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।