हेटौँडा ।
मदन भण्डारी स्र्पोट्स एकेडेमी हेटौँडा क्याम्पस कमिटिले आज हेटौँडामा विना माक्स हिडने सर्वसाधरण तथा साबरी चालकहरुलाई माक्स वितरण गरेको छ ।

 

कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै एकेडेमीले आज हेटौँडाको विभिन्न स्थानमा पुगेर ५ सय माक्स र ग्लब्स वितरण गरेको हो ।
कोरोना संक्रमणको कारण सरकारले जारी राखेको लकडाउनबिच पनि मानिसहरुको आवतजावत मा कमि नभएको र सुरक्षा उपायको समेत वास्ता नगरेको पाईएपछि आफुहरुले उक्त कार्य गरेको मदन भण्डारी स्र्पोट्स एकेडेमी हेटौँडा क्याम्पसका सल्लाहकार नविन मिश्रले बताए ।

माक्स वितरण गर्न मदन भण्डारी स्र्पोट एकेडेमीका केन्द्रीय सदस्य नविन सिग्देल, हेटौँडा क्याम्पसका अध्यक्ष शंकर लामा सहितको टोली पुगेको थियो । क्याम्पस कमिटिलाई उक्त सामग्री मदन भण्डारी स्र्पोटेस एकेडेमीका सल्लाहकार सानु लामा तथा जिल्ला अध्यक्ष निरजसिंह ठकुरीले सहयोग गरेका हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।