File photo

छिमेकी देश भारतमा २४ घण्टामा कोरोना भाइरसबाट ५१९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २२ हजार १२३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ हजार ११४ जना संक्रमित पुष्टि भएको छ । यो एकै दिन संक्रमित भएको अहिलेसम्मको धेरै संख्या हो । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८ लाख नाघेको छ । भारतमा कुल संक्रमित ८ लाख २० हजार ९१६ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै भारतमा अहिलेसम्म ५ लाख १५ हजार ३८६ जना संक्रमित ठिक भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।