पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपुरको गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ। गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो।

लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए। बिहान ४ बजेबाट सडक अवरुद्ध भएको हो। अहिले गन्तव्यमा हिँडेका सवारीसाधन सडकमै रोकिएका छन्।

नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन बनाएको थियो। सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ। गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तार भइरहेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।