सांकेतिक तस्विर

२७ असार । नेपालमा कोरोना भाइरसको कारण थप ३ जनाको मृत्यु छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको जानकारी दिए ।

काठमाडौंको सिंनामगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा काठमाडौं गोकर्णेश्वर-४ का ५४ वर्षीय पुरुष, बानेश्वर-१० का ६० वर्षीय पुरूष र सिन्धुपाल्चोकका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए। यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

यसैगरि आज थप ७० जनमा कोरोना पुष्टि भए संगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ७ सय १९ पुगेको छ। यसैगरि संक्रमितमध्ये हालसम्म ८ हजार ४ सय ४२ जना निको भएर घर फर्किएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।