२७ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीले कटान गरेको क्षेत्रको निरीक्षण गरेका छन्।

बाढी–पहिरो र कटानका बारेमा जानकारी लिन शनिबार दिउँसो गृहजिल्ला चितवन पुगेका अध्यक्ष दाहालले भरतपुर महानगरपालिका २७ मा नारायणी गरेको कटानको निरीक्षण गरेका हुन्।

कटान क्षत्रेको निरीक्षणपछि स्थानीयसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कटान भएको क्षेत्रमा तत्काल तटबन्द गराउने बताएका थिए। उनले देशभर बाढी–पहिरो र कटानले ठूलो क्षति पु¥याएको भन्दै सतर्क रहन आग्रह समेत गरे।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।