मानबी बानीयाँ, हेटौंडा÷ कोरोना संक्रमित पहिलो व्यक्तिभेटिने बित्तिकै हेटौडा बजार अककस्मात सुनसान बन्यो । लकडाउन सुरु भएसँगै मानिसहरू सडकमा निस्किन छाडे ।

पसलका सटर बन्द भए । रेस्टुरेन्टमा खानेकुरा पाक्न छाडे । स्कुल कलेजमा ताला लागे, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार सबै बन्द भए । लगभग तीन महिनापछि सरकारले लकडाउन खुकुलो पार्ने निर्णय ग‍¥र्यो । लकडाउन खुकुलिएसँगै बजारपनि खुल्दै गयो । अहिले बजारमा निस्कँदा मानिसहरूले कोरोना बिर्सिसके कि भन्ने प्रतीत हुन्छ । धेरैको मुखमा मास्क छुटिसक्यो । सामाजिक र भौतिक दूरी भन्ने कुरा उनीहरूको दिमागबाट हटिसकेझैँ लाग्छ ।

हेटौंडा बजारमा करिब एक महिना अघिसम्म फोहोरको थुप्रोमा मास्क खुब भेटिन्थ्यो । मास्क, सेनिटाइजरका बट्टा, पन्जा हेटौंडाबासीले फोहोरको गाडिमा फाल्ने गर्थे । हेटौंडा उपमहानगरपालिका मार्फत हेटौडामा फोहोर उठाँउदै आएको ग्रीन एण्ड क्लिन सिट कम्पनीका कर्मचारीहरुले एक महिला अघिसम्म मास्को थुप्रो उठाउने गरेको थिए । लकडाउनको सुरु भएको सातामा थुप्रै मास्क, सेनिटाईजरका बट्टाहरु फाल्ने गरेका थिए तर अहिले निकैनै कम रहेको छ । कोरोनालाई अटेर गर्दै यहाँका मानिसले अहिले मास्क लगाउन छोडेका छन् ।

हेटौंडा बजारमा गएर हेर्ने हो भने १० प्रतिशतले मात्रै मास्क लगाएको देख्न सकिन्छ । मास्क कम प्रयोग भएसंगै फोहोरको थुप्रोमा मास्क तथा सेनिटाईजर कम देखिन थालेको दैनिक फोहोर उठाउनको लागि जाने ग्रीन एण्ड क्लिन सिट कम्पनीका कर्मचारी राम बहादु्र सिंतानले बताए । उनका अनुसार, लकडाउनको समयमा फोहोर उठाउने बेला मास्क थुप्रैले फाल्ने गरेका थिए, सेनिटाइजरको सानो—सानो बट्टाको चाङ लाग्थ्यो । तर लकडाउन खुकुलो भएसंगै र त्योभन्दा अघिदेखि बाटनै मास्क फोहोरको थुप्रोमा भेटिन छाडेको उनले जानकारी गराए । सिंतानले, पदमपोखरी, नेवारपानि, बस्तीपुर, वषामाडी, चौघडा, थानाभ¥याङ लगायतक ठाँउहरुमा फोहोर उठाँउदै आएका छन् । हप्ता १० दिनमा त कहिले १५ दिनमा गाडी लिएर घर घर पुग्ने उनले बताए ।

यस्तै यता, हेटौंडा ४ र ५ वडामा फोहोर संकलन गर्न जाने दिपक विक बताँउछन्, बैशाख जेष्ठसम्म खुब मास्क भेटिथ्यो तर अहिले छैन् । धेरैनै कम भएको छ । विक भन्छन्—कर्रा, कमलडाँडा, शान्तिनगर लगायतको ठाँउमा फोहोर संकलन गर्ने गर्छु । त्यहाका बासिन्दाले प्लाष्टिकमा पोको पारेर मास्क सेनिटाईजर फाल्ने गर्थे ।

ग्रीन एण्ड क्लिन सिट कम्पनीका सञ्चालक नवराज खतिवडा बताँउछन्, सुरु—सरुमा कोरोनाको डरले पनि होला सबैले मास्क लगाउँथे त्यो लगाएको मास्क प्रयोग गरेर फाल्दा हाम्रो गाडीमा टनाटन भेटिन्थ्यो । आजभोली कोरोनाको डर हराँउदै गएपछि मास्कको कम प्रयोग हुन थालेपछि फोहोरको थुप्रोमा कम भेटिएको होकी भन्ने उनले आँकलन गरे ।

कम्पनीका कर्मचारीका अनुसार, युज गरेका मास्क फोहोरको थुप्रोमा भेटिन छोड्नु मास्को कम प्रयोग भन्ने बुझिन्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।