हेटौँडा । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध अर्नगल प्रचार गर्ने जी न्यूजले क्षमयाचना गरेको छ ।
प्रधानमन्त्री ओली र नेपालको लागि चिनीया राजदुतको विषयलाई लिएर निकै बिवादस्पद रिर्पोप बनाएकोमा उक्त सामग्री त्रुटिबस प्रशारण भएको भन्दै जीन्यूजले क्षमायाचना गरेको हो ।

जीन्यूज झारखण्डले भनेको छ, ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं । तर भुलवस केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ति स्वीकार पनि गर्छौं । हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं । हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।