२६ असार । ८ जना भारतीय प्रहरीको हत्या आरोपमा पक्राउ परेका भारतका गुण्डा नाइके विकास दुबे प्रहरी कारबाहीमा मारिएका छन् । बिहीबार बिहान पक्राउ परेका दुबेलाई हतियार खोस्न खोजेपछि जवाफी कारबाहीमा मारिएको भारतीय प्रहरीले बताएको छ ।

बिहीबार बिहान उज्जैन भन्ने स्थानको महांकाल मन्दिर परिसरबाट दुबे पक्राउ परेका थिए । प्रहरीले शुक्रबार बिहान कानपुर लैजादै थियो ।

भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टिएको थियो । गाडी पल्टिएपछि दुबेले प्रहरीको हतियार खोसेर आक्रमण गर्न खोज्दा जवाफी कारबाही गरेको भारतीय सञ्चार मध्ययमहरुले जनाएका छन । दुबेको छाती र कम्मरमा गोली लागेको छ । दुबे माथि भारतको कानपुरमा एक डिएसपीसहित ८ जना प्रहरीको हत्या गरेको आरोप थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।